सामसङको ग्यालेक्सी ए–२७ फाइभ–जी सार्वजनिक


काठमाडौँ । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए–२७ फाइभ–जी सार्वजनिक गरेको छ। युवापुस्तालाई लक्षित गर्दै ल्याइएको यस स्मार्टफोनमा कृत्रिम बुद्धिमत्ता (एआई) सुविधा, आकर्षक डिस्प्ले, शक्तिशाली प्रोसेसर तथा ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

सामसङ नेपालका मोबाइल अनुभव (एमएक्स) व्यवसायका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजमार्फत अत्याधुनिक एआई प्रविधिलाई अझ बढी प्रयोगकर्ताको पहुँचमा पुर्‍याउने लक्ष्य रहेको बताए। साथै, २४ महिनासम्मको किस्ता ९ईएमआई० सुविधाले ग्राहकलाई सहज रूपमा स्मार्टफोन खरिद गर्न सहयोग पुग्ने उनको भनाइ छ।

ग्यालेक्सी ए–२७ फाइभ–जीमा ६.७ इन्चको पूर्ण एचडी प्लस सुपर एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा ७.८ मिलिमिटर स्लिम डिजाइन रहेको छ। यो स्मार्टफोन हल्का हरियो, हल्का गुलाबी र कालो रंगमा उपलब्ध हुनेछ।

स्मार्टफोनमा ४ नानोमिटर स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर रहेको छ, जसले दैनिक प्रयोग, बहुकार्य, भिडियो स्ट्रिमिङ तथा एआईमा आधारित एप सञ्चालनमा सहज कार्यसम्पादन दिने कम्पनीको दाबी छ।

फोनमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा, गुगल जेमिनी तथा पर्प्लेक्सिटी जस्ता एआई सहायकहरूको सपोर्टसमेत उपलब्ध रहेको छ। सामसङका अनुसार यी सुविधाले विद्यार्थी, व्यवसायी तथा दैनिक प्रयोगकर्तालाई थप स्मार्ट र सहज डिजिटल अनुभव प्रदान गर्नेछन्।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।