काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ६.११ अंकले घटेर २५७६.२९ विन्दुमा कायम भएको छ ।
मंगलबार बजारमा ३८३ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १६४ कम्पनीका सेयरमूल्य बढ्दा १०१ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने १० कम्पनीको सेयर स्थिर रहेको छ ।
आज कुल १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर ५३ हजार ८५४ पटकमा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँमा किनबेच भएको छ । सोमबार ७ अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज उत्पादन तथा प्रशोधन उपसमूह ०.१८ प्रतिशतले घटेको छ भने सबै उपसमूह बढेका छन् ।
मंगलबार कामना सेवा विकास बैंक डेभेन्चरको इकाई मूल्य १०.२२ प्रतिशतले बढेको छ । त्यस्तै, साँग्रिला डेभलपमेन्ट बैंक डेभेन्चर ९.८२ प्रतिशतले र उपकार लघुवित्तको ९.१९ प्रतिशतले बढेको छ । यता, एसबिआई बैंक डेभेन्चरको इकाई मूल्य ९.६८ प्रतिशतले घटेको छ । त्यस्तै, सामुदायिक लघुवित्तको सेयर मूल्य ८.१० प्रतिशतले र स्वाबलम्बन लघुवित्तकोे ४.४७ प्रतिशतले घटेको छ ।
मंगलबार कारोबार रकमका आधारमा केबीएल डेभेन्चर शीर्ष स्थानमा रहेको छ । केबीएलको आज ५२ करोड ७१ लाख ८३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआइएमबी बैंक डेभेन्चर ३९ करोड १६ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेपाल एसबिआई बैंक डेभेन्चर ३७ करोड ५१ लाख १६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया