बैंकहरूले साउन १५ सम्म उठेको ब्याज असारकै नाफामा देखाउन पाउने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ठूलो राहत दिँदै आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र उठेको ब्याजलाई पनि सोही वर्षको आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै असार मसान्तसम्म पाकेको ब्याज असुल गर्न साउन १५ गतेसम्मको ‘ग्रेस पिरियड’ उपलब्ध गराएको हो। यसअघि भने यस्तो ब्याज असार मसान्तभित्रै उठिसक्नुपर्ने व्यवस्था थियो।

नयाँ व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकमलाई बैंकहरूले अघिल्लो आर्थिक वर्षकै नाफा–नोक्सान हिसावमा आम्दानीका रूपमा बाँध्न पाउनेछन् । यस व्यवस्थाबाट ऋणीहरू पनि लाभान्वित हुने भएका छन्। असार मसान्तको चापमा सावाँ–ब्याज तिर्न नसकेका व्यवसायी तथा ऋणीहरूले अब थप १५ दिनको समय पाउनेछन्।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार  ०७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।