सुनको मूल्य बढ्दा चाँदीमा गिरावट


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदी तोलामा ९० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०३३.७४ अमेरिकी डलर र चाँदी ५७.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।