समता घरेलु लघुवित्तको एकीकृत कारोबार सुरु, थप पूँजी बढाउन मर्जरलाई निरन्तरता

0
Shares

समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाले मर्जर कार्य सम्पन्न गरेपश्चात बैशाख ०२ गते देखि एकीकृत वित्तीय कारोबारको शुभारम्भ गरेका छन् । एकीकृत संस्थाले समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोवार थालेको हो ।

बारा जिल्ला, सिमरामा रजिष्टर्ड कार्यालय रहेको समता लघुवित्त वित्तीय संस्था लि. र काभ्रेपलाञ्चोक जिल्ला, बनेपामा रजिष्टर्ड कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था मर्ज भएर समता घरेलु लघुवित्त वित्तीय संस्था बनेको हो ।

दुई संस्था गाभिए पश्चात् बनेको वित्तीय संस्थाको कूल चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ पुगेको छ ।

यस्तै कर्जा लगानी २ अर्ब ५८ करोड ४५ लाख ४८ हजार ११४ रुपैयाँ, निक्षेप ९१ करोड ८२ लाख १८ हजार ५२७ रुपैयाँ र कूल संचालन मूनाफा १० करोड ७१ लाख ६० हजार ५६९ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । एकीकृत कारोबार पश्चात संस्थाको कूल ३७ वटा शाखा कार्यालयहरु कायम भएका छन् ।

राष्ट्रियस्तरको कार्यक्षेत्रको रुपमा आगामी दिनमा देशै भरि शाखाहरुको संजाल विस्तार गरी विपन्न वर्गमा लघुवित्तको पहुँच अभिबृद्धि गर्ने योजना रहेको समेत प्रमुख कार्यकारी अधिकृत डा. घिमिरे बताए ।

नेपाल राष्ट्र बैकले लघुवित्त संस्थाहरुलाई गरेको पछिल्लो निर्देशन साथै संस्थाको आवश्यकता बमोजिम दुई वित्तीय संस्था विच गाभ्ने गाभिने कार्य सम्पन्न गरिएको र आगामी दिनमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) कार्यलाई निरन्तरता दिदै नमुना लघुवित्त संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य रहेको वित्तीय संस्थाको अध्यक्ष डम्मरमणि थेवे लिम्वुले कार्यक्रममा बताए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।