काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेप्से उच्च अंक बढेको छ । शुक्रबार नेप्से परिसूचक ७९.७४ अंक बढेर २६७७.५४ विन्दुमा कायम भएको छ ।
शुक्रबार बजारमा ३३५ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये २५९ कम्पनीका सेयरमूल्य बढ्दा १३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने २ कम्पनीको सेयर स्थिर रहेको छ ।
आज कुल १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयरहरू ५८ हजार ९४ पटकमा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँमा किनबेच भएका छन् । बिहीबार ४ अर्ब ५६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
शुक्रबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशत बढेको छ ।
त्यसैगरी, आज लगानी र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । शुक्रबार म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक घटेको छ ।
शुक्रबार दुई कम्पनी श्रीनगर एग्रिटेक र सुर्यकुन्ड हाइड्रोको मूल्य १५ प्रतिशत बढेको छ । शिखर पावरको १२.५४, रिजलाइन इनर्जीको १२.०६, मिडसोलु हाइड्रोपावरको १२.०५, सिटी होटलको ११.९९, थ्रीस्टार हाइड्रोपावरको १०.९६, भुजुङ हाइड्रोपावरको १०.७२ तथा नेसनल हाइड्रोपावरको १०.७० प्रतिशत मूल्य बढेको हो ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज २२ करोड २३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे १५ करोड रुपैयाँ कारोबार भएको छ ।










प्रतिक्रिया