मुक्तिनाथ विकास बैंक र चितवनको द फर्न रेसिडेन्सी होटलबीच छुट सम्झौता

0
Shares

मुक्तिनाथ विकास बैंक र चितवनस्थित द फर्न रेसिडेन्सी होटलबीच सम्झौता भएको छ ।

बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई होटलको सेवामा विशेष छुट दिने गरी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले होटल चितवन प्रालि बाट सञ्चालित भरतपूरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाई र खाना तथा परिकारहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिषा अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।