अपडेट

नारायणगढ–मुग्लिन सडकखण्डमा गाडी चल्न थाले


चितवन । चितवनको जलबिरेमा दुई सवारी साधन एक आपसमा ठोक्किदा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । सवारी साधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुला भएको जानकारी दिएका छन् ।

प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०५०५ बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६७१ नम्बरको बस तथा सोही दिशाबाट आउँदै गरेको ट्रकमा ठोक्किएका थिए । दुर्घटनामा करिब २५ जना यात्रु घाइते भएका छन् ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  ०९ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।