काठमाडौँ। नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले तीन नयाँ डिजिटल बैंकिङ सेवाको औपचारिक शुभारम्भ गरेको छ।
बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल तथा गरिमा इन्टरबैंक क्यूआर टेलर सेवा एकैसाथ सार्वजनिक गरेको जनाएको छ। यी सेवामार्फत डिजिटल भुक्तानीलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्य राखिएको बैंकको भनाइ छ।
गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ। त्यस्तै, गरिमा पीओएस टर्मिनलमार्फत व्यवसायीले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डबाट सहज र सुरक्षित डिजिटल भुक्तानी स्वीकार गर्न सक्नेछन्।
यस्तै, गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
गरिमा विकास बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि नवीन प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तार गर्दै ग्राहकलाई सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ प्रणालीमार्फत करिब ९ लाख ग्राहक लाई सेवा प्रदान गर्दै आएको छ।










प्रतिक्रिया