नियो डिजिटलको ‘कस्टुमर रिलेशनसिप म्यानेजमेन्ट’ सफ्टवेयर संचालनमा

0
Shares

नियो डिजिटल प्रा.लि. ले मार्केटिङमा सहयोग हुने गरी कस्टुमर रिलेशनसिप म्यानेजमेन्ट सफ्टवेयर संचालनमा ल्याएको छ ।

युवा सफ्टवेयर इन्जिनियरहरुको सहभागितामा स्थापित कम्पनी नियो डिजिटलले Light ECRM नामको उक्त सफ्टवेयरको प्रारम्भ टुर्स एण्ड ट्राभल एजेन्सी यात्रा होलिडे प्रा.लि.बाट गरिएको जनाएको छ ।

काठमाण्डौमा एक समारोह विच यात्रा होलिडे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत पदम कट्टेल र नियो डिजिटल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सन्देश सत्यालले सम्झौतामा हस्ताक्षर गरेर सफ्टवेयर प्रारम्भ गरेका हुन्।

यो सफ्टवेयर बैक, वित्तिय संस्था, बीमा कम्पनी, होटल, ट्राभल एजेन्सी, ब्रोकर कम्पनी, क्यापिटल मार्केट, होलसेलर, मिडिया कम्पनी सबैलाई उपयोगी हुने गरी बनाइएको कम्पनीले जनाएको छ ।

व्यक्तिगत वा संस्थागत कस्टुमर म्यानेजमेन्ट, मार्केटिङ कम्पनी म्यानेजमेन्ट, इन्क्वाइरी र सेटलमेन्ट म्यानेजमेन्ट, प्रोडक्ट र व्यवसाय डिल मानेजमेन्ट, सेल्स र मार्केटिङ विश्लेषण लगायत विक्रि प्रबर्द्धन सम्बन्धि कार्य यो सफ्टवेयरबाट गर्न सकिन्छ ।

नियो डिजिटल कै सफ्टवेयर इन्जिनियर रितेश भट्टराईले केही समय अघि अनलाईन सपिङ सम्बन्धी सफ्टवेयर बजारमा ल्याइसकेका छन । सजिलो मेडस प्रा.लि. ले यो सफ्टवेयर सफलता पूर्वक संचालन गरिरहेको छ । यही कम्पनीको प्रयासमा निर्माण भएको जब पोर्टल सफ्टवेयर हायर मि नेपालले संचालन गरिरहेको छ।

देशमा मात्र नभई नियो डिजिटलले बनाएको सफ्टवेयर विदेशमा पनि प्रयोगमा आइरहेको छ । कम्पनीले ठुला उद्योग व्यवसायको लागि भनेर दुई वर्ष लगाएर बनाएको प्रोडक्सन म्यानेजमेन्ट सम्बन्धि सफ्टवेयर ‘कन्ट्रोल प्लस’ स्लोभेनिया लगायत केही यूरोपियन देशमा र कोभिडको लागि बनाइएको टेम्प्रेचर ट्रेकर सफ्टवेयर अमेरिकी कम्पनीले प्रयोग गरिरहेको छ ।

नेपालको सन्दर्भमा बीमा कम्पनीहरुको अभिकर्ताहरुले सजिलै चलाउन सक्ने सिआरएम सफ्टवेयर र मोवाईल एप्लिकेशन छिट्टै लन्च गर्ने तैयारीमा रहेको छ । त्यसै गरी युवा समूदायलाई लक्ष गरी बनाइएको मोबाइल गेम ‘ब्रामो’ पनि परिक्षण अवधिमा रहेकोले छिट्टै संचालनमा ल्याउने गरी काम भइरहको छ । यस्को नेतृत्व कम्पनीका संचालक तथा सफ्टवेयर इन्जिनियर रितेश भट्टराईले गरिरहेका छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।