काठमाडौंको बागबजारमा खुल्यो मल्टि ब्राण्डेड जुत्ता सोरुम

0
Shares

काठमाडौंको मुटु मानिने रत्नपार्क (बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनिहरुले एउटै छानामुनि सोरुम संचालनमा ल्याएका छन् ।

रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघर का नामले परिचित स्थानमा नेपालका स्थानमा निर्माण भएको नवनिर्मित कम्प्लेक्सको भुई तल्लामा सोरुम रहेकोछ ।

एकै छानामूनि विभिन्न ब्राण्डका नयाँ नयाँ मोडेल तथा डिजाइनका जुत्ता चप्पल एकदमै सस्तो मूल्यमा उपलब्ध हुने कुरा केटिएम सुजका संचालक प्रमोद कुमार महत्तोले बताए । उक्त सोरुममा केटिएम सुज, भेनस सुज, बोस सुज,बेम्बो सुज तथा हिमानी लेडिज सुज का उत्कृष्ट उत्पादनहरु रहेका छन् ।

उक्त जुक्ता सोरुममा कम्पनीहरुको आ–आफ्नै फ्याक्ट्री आउटलेट रहेको छ । यहाँ उपलब्ध हुने जुत्ता तथा चप्पलमा कम्पनीले वारेण्टी पनि दिएको छ ।  सिधै आफ्ना उप्पादनहरु उपभोक्ता सामु पुग्ने हुनाले उपभोक्ताहरुको सझाव तथा गुनासोलाई पनि ध्यान दिई सो सुझाव लाई कार्यान्वयन गर्ने कुरा उल्लेख गरिएको छ।

स्वदेशमा बनेका नेपाली उत्पादनहरुले आम उपभोक्ताको मन जितिरहेको अवस्थामा अझ थप आकर्षित गर्नको लागि एकै छानामूनि सेभ टाइम सेभ मुनी भन्ने नारा लिई उक्त सोरुम संचालनमा आएको हो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।