हरेक दिन एक जना नेपाली लखपति बनाउने अर्थमन्त्रीको योजना


काठमाडौँ । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।

आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल र रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्ने छ ।

उक्त बिल नम्बर नै तपाईंलाई लखपति बनाउने नम्बर हो। हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिनेछ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार  ०७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।