काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा सांग्रिला विकास बैंकको नाफा ४६.६९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकको नाफा ६० करोड ६६ लाख ७१ हजार ७५७ रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ८८ करोड ९९ लाख ३७ हजार ९३५ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकको नाफा २८ करोड ३२ लाख ६६ हजार रुपैयाँले बढेको हो ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार यो अवधिमा बैंकको कुल ब्याज आम्दानी १६.८३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ७ करोड १४ लाख ६९ हजार ८२५ रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले गत वर्षको सोहि अवधिमा २ अर्ब ४२ करोड १ लाख ७ हजार ९३७ रुपैयाँ आम्दानी गरेको छ ।
बैंकको सेयर पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०६ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको सेयरपूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७२० रुपैयाँ पुगेको छ ।
यस्तै बैंकको कुल सम्पत्ति ६६ अर्ब ४ करोड २५ लाख १९ हजार ३१० रुपैयाँ रहेकोमा बैंकको कुल दायित्व ५९ अर्ब ७१ करोड ३४ लाख ३४ हजार ८४७ रुपैयाँ रहेको छ ।
यस्तै गत आर्थिक वर्षमा बैंकको खराब कर्जामा पनि वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ५.५२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ६.८७ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २३.८३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ रहेको छ ।










प्रतिक्रिया