दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट


काठमाडौँ । बिहीबार नेप्से दोहोरो अंकले बढेको छ । आज सेयरबजार परिसूचक नेप्से १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा कायम भएको हो ।

आज कुल १ करोड ७७ हजार २२२ कित्ता सेयरहरु ५७ हजार ७८२ पटकमा ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँमा किनबेच भएका छन् । बुधबार ५ अर्ब १८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

बिहीबार एभरेष्ट कलरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, स्नो रिभर्स १३.७१ प्रतिशतले र एपोलो हाइड्रोको सेयर मूल्य ११.०४ प्रतिशतले बढेको छ । यता, कुथेली बुखरी स्मल हाइड्रो १५ प्रतिशतले घटेको छ । त्यस्तै, बुङ्गल हाइड्रो ९.९३ प्रतिशतले र रिलायन्स स्पिनिङ किल्स ४.४८ प्रतिशतले घटेको छ ।

बिहीबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज २८ करोड ३३ लाख १९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत २७ करोड ५२ लाख ३३ हजार रुपैयाँको सेयर कारोबार हुँदा रिडी पावर कम्पनीको २४ करोड ९२ लाख २० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  १५ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।