एनआईसी एशिया बैंकको स्थामित्वमा रहेको ५६ हजार कित्ता शेयर बिक्रीमा

0
Shares

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको ५६ हजार २७० कित्ता संस्थापक शेयर लिलाममा ल्याएको छ ।

बैंकले महुली लघुवित्त वित्तीय संस्थामा रहेको आफ्नो स्वामित्वको शेयर सोमबारबाट लिलामीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७९१ रुपैयाँ तोेकिएको छ भने सो मूल्य भन्दा बढी मूल्य अंकित गरि न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रबन्धक एन आई सी क्यापिटलले जनाएको छ ।

उक्त शेयर खरिदका लागि बैशाख २१ गते मंगलबार सम्म आवेदन दिन सकिन्छ । आवेदन फारम एन आई सी एशिया क्यापिटल बबरमहल काठमाण्डौबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ बैशाख २०७८, सोमबार  १२ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।