शेयर बजारमा दुई दिनमै साढे ७३ अंकको गिरावट, चन्द्रागिरीमा नकारात्मक सर्किट

0
Shares

ऐतिहासिक उचाईमा पुगेको शेयर बजार ओरालो लाग्दा पछिल्लो दुई दिनमा साढे ७३ अंकको गिरावट आएको छ । आइतबार ३५.८८ अंकले घटेको नेप्से सूचक सोमबार ३७.५८ अंकले झरको हो । 

गत बिहीबार नेप्से सूचक हालसम्मकै उच्च २७३५.४० अंकमा पुगेको थियो । बजार ऐतिहासिक उचाईमा पुगेपछि नाफा सुरक्षित गर्नेहरु हाबी भएपछि बजारले करेक्शनको बाटो समातेको हो । सोमबार सरकारले वैशाखमसान्तसम्म भिडभाड हुने क्षेत्रहरु बन्द गर्ने निर्णय गरेपछि पुनस् लकडाउन हुने संकेतले पनि बजार ओरालो लागेको हो ।

सोमबार नेप्से सूचक ३७.५८ अंकले घटेर २६६१.९३ बिन्दुमा झरेर बन्द भएको छ। बजार घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत कमी आएको छ । यसदिन २१३ कम्पनीको १ करोड ४२ लाख कित्ता बढी शेयर ६ अर्ब ७६ करोड ६८ लाख बराबरकमा किनबेच भयो । आइतबार ८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका १३ उपसमहुका सूचकमध्ये जलविद्युत र वित्त समूहका बाहेक सबै समूहका सूचक नकारात्मक रहेका छन् । बजार घटेपनि दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरीहिल्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीले आजै १८ करोड बढी नोक्सानमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको थियो । यसदिन सबैभन्दा धेरै नागरिक लगानीकोषको २८ करोड बढीको शेयर किनबेच भयो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।