पञ्चकन्या माई हाइड्रोका शेयरधनीलाई शेयर डिम्याट गर्न आग्रह

0
Shares

पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड (PPCL) ले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दाहरुलाई शेयर अभौतिकीकरण (डिम्याट) गर्न अनुरोध गरेको छ ।

कम्पनीले जिल्लाको सन्दकपुर गाउँपालिका र ईलाम नगरपालिकाका स्थानीय बासिन्दाका लागि जारी गरेको शेयरको लकइन पिरियड समाप्त भई गत चैत १६ गतेबाट शेयर कारोबार योग्य भएकाले शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन भनेको हो ।

कम्पनीले हालसम्म डिम्याट खााता खोल्न बाँकी रहेका आयोजना प्रभावित क्षेत्रका शेयरधनी बासिन्दाले सनराइज बैंकको इलाम शाखा कार्यालयतथा आफूलाई पायक पर्ने अन्य बैंक वित्तीय संस्थामा गएर डिम्याट खाता खोल्न सकिने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ बैशाख २०७८, सोमबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।