सुनको भाउ घट्दा चाँदीमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।

बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ३२० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०३१.३१ अमेरिकी डलर र चाँदी ५७.७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।