लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट


काठमाडौँ । बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यो साता लागेसँगै घटेको सेयर बजार आज तेस्रो दिन पनि ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा कायम भएको हो ।

बुधबार ९७ लाख ७७ हजार ५१२ कित्ता सेयरहरु ४८ हजार ७२ पटकमा ४ अर्ब २ करोड ९३ लाख ९० हजार रुपैयाँमा किनबेच भएका छन् । मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार एभरेष्ट कलरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, स्नो रिभर्स ४.९० प्रतिशतले र नबिल ब्याल्न्स फण्ड ३.९१ प्रतिशतले बढेको छ । यता, गरिमा समृद्धि फण्ड योजना ६.६० प्रतिशतले घटेको छ । त्यस्तै, सिभिल बैंक डेभेन्चर ६.०१ प्रतिशतले र मातृभुमी लघुवित्त ४.५४ प्रतिशतले घटेको छ ।

बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा हिमालयन पावर पाटनर शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज २२ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, खानीखोला हाइड्रोपावरको २१ करोड १७ लाख ६ हजार रुपैयाँको सेयर कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ९१ लाख ३४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।