सुनको भाउ बढ्दा चाँदीमा सामान्य गिरावट


काठमाडौँ । बिहीबार सुनको भाउ बढ्दा चाँदीमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदी तोलामा १० रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३१० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०४५.३ अमेरिकी डलर र चाँदी ५७.१२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।