लगातार चौथो दिन पनि घट्यो नेप्से, सबै उपसूचक राताम्मे


काठमाडौँ । कारोबारको चौथो दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा झरेको छ ।

आज सबै उपसूचकहरु राताम्मे भएका छन् ।

बिहीबार ७५ लाख ४८ हजार ५९१ कित्ता सेयरहरु ४४ हजार ६५१ पटकमा ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँमा किनबेच भएका छन् । बुधबार ४ अर्ब २ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज एभरेष्ट कलरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, सेन्ट्रल फाइन्यान्स २.८८ प्रतिशतले र शुभम् पावर २.१५ प्रतिशतले बढेको छ । यता, कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक १२.६८ प्रतिशतले र सोलु हाइड्रो ३.८२ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा रिलायन्स स्पििनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज २४ करोड ३८ लाख ४३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३३ लाख २३ हजार रुपैयाँको सेयर कारोबार हुँदा रिडी पावर कम्पनीको १० करोड ७७ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।