काठमाडौा । ट्रन्क्यूलिटी स्पा नेपालकै पहिलो आईएसओ प्रमाणपत्र प्राप्त गर्ने स्पा कम्पनी बन्न सफल भएको छ। कम्पनीले हालै नेपाल गुणस्तर चिह्न आईएसओ ९००१ः२०१५ को प्रमाणपत्र प्राप्त गरेको हो ।
गुणस्तर, विश्वास र उत्कृष्टताको नयाँ अध्यायका रूपमा कम्पनीले पाएको सफलताले निकै खुसी दिएको कम्पनीका कार्यकारी निर्देशक सुरेश पुरीले जानकारी दिए। पुरी नेपाल स्पा एन्ड वेलनेस एसोसिएसनका अध्यक्षसमेत हुन् ।
यो उपलब्धि केवल एउटा प्रमाणपत्र मात्र नभई अन्तर्राष्ट्रिय गुणस्तर, सुरक्षित सेवा, पारदर्शी व्यवस्थापन र निरन्तर सुधारप्रतिको हाम्रो अटल प्रतिबद्धताको प्रमाण रहेको उनले बताएका छन् । कम्पनीको स्पा सेवामा प्रत्येक ग्राहकले हरेक शाखामा एउटै स्तरको उत्कृष्ट सेवा प्राप्त गरून् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रणाली विकास गरेको पनि उनले जानकारी दिए ।
यसै अवसरमा उनले ग्राहकको सुझावलाई सम्मान गर्दै निरन्तर सुधार गर्ने, उच्चस्तरीय सरसफाइ, संक्रमण नियन्त्रण, सुरक्षित कार्य वातावरण तथा व्यावसायिक सेवामार्फत ग्राहकको विश्वास अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
योसँगै कम्पनीको स्पा सेवा सञ्चालनलाई अझ प्रभावकारी बनाउने, त्रुटि न्यून गर्ने, कर्मचारीमा जिम्मेवारी, व्यावसायिकता र उत्कृष्टताको संस्कार विकास गर्ने तथा स्वदेशी र विदेशी ग्राहकबीच विश्वास र विश्वसनीयता अझ बढाउने विश्वास लिएको उनले बताए ।
सरकार, निजीक्षेत्र, पर्यटन उद्योग र सम्पूर्ण वेलनेस समुदायबीचको सहकार्यबाट नेपाललाई स्वास्थ्य, विश्राम र समग्र कल्याणको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्न सकिनेमा पुरीको विशेष जोड छ ।










प्रतिक्रिया