लण्डन बियर प्रतियोगितमा नेपाली बियर अर्नालाई उपाधि

0
Shares

संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा गत मार्च १७, २०२१ मा आयोजित “लण्डन वियर कम्पिटिशन २०२१” मा अर्ना (८) तथा अर्ना लाइट वियरले क्रमशः रजत र काश्य पदक हासिल गर्न सफल भएका छन । जुन विश्व वियर उद्योगमा सर्वोच्च मान्यता प्राप्त प्रतियोगिता हो ।

यति ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो । अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कुरा कम्पनीले जनाएको छ । योसँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ ।
लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो । प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको बिभिन्न बिधाहरुमा मुल्याङ्कन गरी बिजता घोषणा गरेका थिए ।

लण्डन वियर प्रतिष्पर्धाले गुणस्तर लगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता एवं उपभोक्ता तथा अन्य सहभागीहरु लगायतको रोजाइको प्रतिनिधित्व समेत गर्दछ ।

यस स्पर्धाका निर्णायकहरु वियर उद्योगका विभिन्न पक्षका विशेषज्ञहरु जस्तै: विश्लेशक, उत्पादन पक्ष, विक्रिवितरण, व्यापार प्रवद्र्घन पक्ष, शैक्षिक क्षेत्र लगायतको प्रतिनिधित्व हुने गरि छनोट गरिएको थियो ।

अर्ना (८) ले १०० पूर्णाङ्कमा ८५ अंक प्राप्त गरि रजत पदक प्राप्त गर्न सफल भयो भने अर्ना लाइट ले ७२ अंकका साथ काश्य पदक प्राप्त गरेको छ ।

यो जित यति ब्रुअरी प्रा.लि.को मात्र नभै मुलुककै लागि पनि गर्वको विषय हो किनभने यस नतीजाले उपभोक्ताका रोजाइका विश्व स्तरिय वियर हाम्रो मुलुकमा पनि उत्पादन भइरहेका छन भन्ने प्रमाणित भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।