काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा सप्तकोशी विकास बैंकको खुद नाफा ८६.१८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८ करोड ८ लाख २० हजार ५४८ रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा १५ करोड ४ लाख ७३ हजार ८८९ रुपैयाँ नाफा कमाएको हो ।
बैंकको कुल ब्याज आम्दानीमा भने गिरावट आएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २३ करोड ४५ लाख ३४ हजार ४९ रुपैयाँ रहेको बैंकको ब्याज आम्दानी गत आर्थिक वर्षमा २३ करोड ३४ लाख २५ हजार ९३६ रुपैयाँ रहेको छ ।
यद्यपि बैंकको संचालन मुनाफा भने १३२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १० करोड ६८ लाख ५८ हजार ५९८ रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा गत आर्थिक वर्षमा बढेर २४ करोड ७९ लाख ६५ हजार ९०१ रुपैयाँ पुगेको छ ।
बैंकको कुल सम्पत्ति १० अर्ब ११ करोड ३० लाख ५६ हजार ७४६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ५० करोड १४ लाख २ हजार ९१२ रुपैयाँ रहेको थियो । यस्तै बैंकको चुक्ता पूँजी ८३ करोड ४३ लाख ३८ हजार ४३२ रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जामा भने गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा १०.६५ प्रतिशत रहेको रहेको खराब कर्जा घटेर ६.१५ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १८.०४ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ८६.७१ प्रतिशत रहेको छ । यद्यपि बैंकको वितरणयोग्य नाफा भने ५५ करोड ८८ लाख ५३ हजार ७२९ रुपैयाँले ऋणात्मक रहेको छ ।
बैंकको निक्षेप संकलन ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानीमा पनि वृद्धि देखिएको छ । कर्जा लगानी ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ ।










प्रतिक्रिया