काठमाडौँ । यो साता सेयर बजारमा गिरावट हाबी देखिएको छ । साताका पाँच कारोबारमध्ये चार कारोबार दिन बजार ओरालो लाग्दा समग्रमा नेप्से ४९.०९ अंकले घटेको छ । सुरुका चार कारोबार दिनमा लगातार घटेको नेप्से शुक्रबार सामान्य बढ्दा परिसुचक २६८५.५४ विन्दुमा पुगेर बजार बन्द भएको हो ।
साताका पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ३३.२८ अंक घटेर २७०१.३२ विन्दुमा कायम भएको थियो । सोमबार १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयरहरु ६९ हजार ८०३ पटकमा ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँमा किनबेच भएका थिए ।
त्यसैगरी, मंगलबार नेप्से परिसूचक ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा कायम भएको थियो भने उक्त दिन १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयरहरु ५५ हजार ५८० पटकमा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँमा किनबेच भएका थिए ।
बुधबार नेप्से ७.७९ अंकले घट्दा समग्र परिसुचक २६८८.८८ विन्दुमा कायम भएको बजारमा ९७ लाख ७७ हजार ५१२ कित्ता सेयरहरु ४८ हजार ७२ पटकमा ४ अर्ब २ करोड ९३ लाख ९० हजार रुपैयाँमा किनबेच भएका थिए ।
बिहीबार पनि बजारमा गिरावट कायम रहँदा परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा झरेको थियो । उक्त दिन ७५ लाख ४८ हजार ५९१ कित्ता सेयरहरु ४४ हजार ६५१ पटकमा ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँमा किनबेच भएका थिए ।
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा कायम भएको छ । शुक्रबार ८८ लाख ५१ हजार २१६ कित्ता सेयरहरु ४६ हजार ७५२ पटकमा ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँमा किनबेच भएका थिए ।
साताभरमा कुन कम्पनीको सेयरमा देखियो वृद्धि ?
यो साता सेयर बजारमा कारोबारका पाँचै दिन एभरेष्ट कलरको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । साताको पहिलो कारोबार दिनदेखि अन्तिम कारोबार दिनसम्म एभरेष्ट कलरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । त्यसैगरी, गरिमा समृद्धि योजना सोमबार ४.७८ प्रतिशतले र मंगलबार ५.९८ प्रतिशतले बढेको थियो ।
मंगलबार लक्ष्मी उन्नती कोष ९.१० प्रतिशतले बढेको थियो भने बुधबार स्नो रिभर्स ४.९० प्रतिशतले र नबिल ब्यालेन्स फण्ड ३.९१ प्रतिशतले बढेको थियो ।
त्यस्तै, बिहीबार सेन्ट्रल फाइन्यान्स २.८८ प्रतिशतले र शुभम् पावर २.१५ प्रतिशतले बढेको बजारमा शुक्रबार लक्ष्मी भ्यालु फण्ड ८ प्रतिशतले र जोशी हाइड्रोपावर ६.७९ प्रतिशतले बढेको थियो ।
साताभरमा कुन कम्पनीको सेयरमा देखियो उच्च गिरावट ?
यो साता सेयर बजारमा पहिलो कारोबार दिन सोमबार आत्मनिर्भर लघुवित्त १३.३८ प्रतिशतले घटेको थियो भने मंगलबार कुथेली बुखरी स्मल हाइड्रो ६.०७ प्रतिशतले र बुधबार गरिमा समृद्धि फण्ड योजना ६.६० प्रतिशतले घटेको थियो ।
त्यस्तै, बिहीबार कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले र शुक्रबार बोटलर्स नेपालको सेयर मूल्य ५.३३ प्रतिशतले घटेको थियो ।
सातामा कुन कम्पनीको कति सेयर कारोबार भयो ?
यो साता सबैभन्दा बढी कारोबार रिलायन्स स्पिनिङ मिल्सकोे भएको छ । कम्पनीको पहिलो कारोबार दिन सोमबार ३३ करोड ८६ लाख ६६ हजार रुपैयाँको, बुधबार १७ करोड ९१ लाख ३४ हजार रुपैयाँको र बिहीबार २४ करोड ३८ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
त्यसैगरी, रिडी पावर कम्पनीको सोमबार २२ करोड १३ लाख ४६ हजार रुपैयाँको, मंगलबार २१ करोड २१ लाख ६ हजार रुपैयाँको, बिहीबार १० करोड ७७ लाख १७ हजार रुपैयाँको र शुक्रबार १७ करोड २६ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
ग्लोबल आइएमई बैंकको सोमबार २८ करोड १३ लाख ९५ हजार रुपैयाँको र शुक्रबार १५ करोड ३२ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।










प्रतिक्रिया