चाडपर्वलाई लक्षित गरी नियमित बजार अनुगमन


बागमती । आगामी वडादसैँ, दिपावली र छठ लगायतका चाडपर्व नजिकिँदै गर्दा मकवानपुरमा बजार अनुगमनलाई नियमित रूपमा अघि बढाइएको छ ।

बजारमा बिक्री वितरण गरिने खाद्यवस्तुको गुणस्तरीयतासँगै बिक्री मूल्यको अवस्था लगायतका विषयमा जानकारी लिने उद्देश्यका साथ बजार अनुगमनलाई निरन्तर रूपमा सञ्चालन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाका वरिष्ठ खाद्य अधिकृत विमला पोखरेलले जानकारी दिए ।

बजार अनुगमनलाई प्रभावकारी बनउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग वाणिज्य तथा पर्यटन कार्यालय, हेटौँडा उपमहानगरपालिकाले संयुक्त रूपमा बजार अनुगमन गरिरहेको उनले जानकारी दिए । एकीकृत प्रयासअन्तर्गत हरेक हप्ता सोमबार उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, मङ्गलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बुधबार जिल्ला प्रशासन कार्यालय र बिहीबार हेटौँडा उपमहानगरपालिकाले अनुगमनको नेतृत्व गरिरहेको उनले बताए ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।