सीएनआई युवा उद्यमी मञ्चको आठौँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो आठौँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ।

शुक्रवार काठमाडौँको होटेल र्याडिसनमा देशका प्रतिष्ठित व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू, उद्योगपतिहरू तथा युवा उद्यमीहरूको उपस्थिति सभा सम्पन्न भएको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.पुकार मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष बीरेन्द्रराज पाण्डे तथा पूर्वमन्त्री श्री अनिल सिन्हाले साधारण सभा उद्घाटन गरे ।

सो अवसरमा विगत वर्षमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मान पत्र प्रदान गरियो। जसमा समिति तथा कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर, प्रमुख पहलहरूमा पुर्‍याएको योगदानका लागि श्रीमती नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’, र सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरियो। साथै, सक्रिय सदस्य विस्तार तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरेकोमा सीएनआईवाइईयफ लुम्बिनी च्याप्टरलाई ‘च्याप्टर ग्रोथ अवार्ड’ र उत्कृष्ट कार्यसम्पादनसहित च्याप्टरलाई अनुकरणीय बनाएकोमा सीएनआईवाइईयफ कोशी च्याप्टरलाई ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ द्वारा सम्मानित गरियो।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।