सीएसआईटी प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकको चासो


काठमाडौा । सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएन) द्धारा आयोजित प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकले उल्लेख्य चासो देखाएका छन । काठमाडौंको मैतिदेबीस्थित लर्डबुद्ध एजुकेशन फाउण्डेशन एलबीईएफमा आयोजित कार्यक्रममा विद्यार्थी, युवा, प्रविधि व्यवसायी, उद्यमी र रोजगारदाताको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुलाई शिक्षासंगै प्रविधिमा दक्षता हासिल गराउने उद्देश्यले मेलाको आयोजना गरिएको (सीएसआईटीएन)की अध्यक्ष प्रतिक्षा आले मगरले जानकारी दिए । प्रविधि मेला विद्यार्थीहरुलाई स्वदेशमै रोजगारी र उद्यमशिलता विकास गराउनुमा केन्द्रीत भएको उनको भनाई छ । प्रविधि, विद्यर्थीको भविश्य र नवप्रवर्तनलाई एउटै थलोमा ल्याउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएएन) ले जनाएको छ ।

मेलामा विद्यार्थी, आइटी उद्यमी तथा अभिभावक र समुदायबीच सहकार्य बढाउनु, सिप र अवसरलाई जोड्नु तथा नेपालको डिजिटल भविश्यका लागि सक्षम जनशक्ति तयार पार्नु रहेको एलबीईएफका अध्यक्ष इन्जिनियर पंकज जालानले जानकारी दिए ।
अध्यक्ष जालानले मुलुकलाई प्रविधिमैत्री बनाउन एवं विद्यार्थीहरुलाई स्वदेशमै रोजगारमुलक बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।

नेपालको प्रविधिलाई विदेशमा बेचेर आर्थिक उन्नती गर्ने बेला भईसकेको र सोही अनुसारको जनशक्ति आजको आवश्यक्ता रहेको जालानको भनाई छ । बजारको माग अनुसारको आईटी शिक्षा अवको आवश्यक्ता रहेको अध्यक्ष जालानले बताए ।
मेलामा सहभागीले करियर मार्गदर्शन, नवीन विचार प्रस्तुति, मेन्टरसँगको अन्तरक्रिया, प्राविधिक सिर्जना र नेटवर्किङका विषयमा छलफल गरेका थिए ।

मेलामा क्रिएटिभ क्ल्यास, बिल्ड ब्याटल, क्याप्चर द फ्ल्याग (सीटीएफ), क्ल्यास रोयाल र इफुटबल गरी पाँच प्रतियोगिता आयोजना गरिएको थियो । एलबीईएफमा आयोजित मेला सहभागीको सिर्जनशीलता, प्राविधिक दक्षता, समस्या समाधान क्षमता र टिमवर्कलाई मञ्च दिन सफल भएको विश्वास गरिएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार  १७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।