आत्मनिर्भर लघुवित्तको नाफा ४० प्रतिशतले बढ्यो


काठमाडौँ । आत्मनिर्भर लघुवित्तको नाफा करिब ४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा लघुवित्तले ६ करोड २३ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ४७ लाख ११ हजार रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा लघुवित्तको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ करोड ३६ लाख ५९ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १३ करोड ५७ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७ करोड ५१ लाख ७ हजार पुग्दा सञ्चालन मुनाफा ५ करोड १७ लाख ७१ हजार रुपैयाँ पुगेको छकम्पनीको निक्षेप १ अर्ब १३ करोड ६ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल सम्पत्ति २ अर्ब १८ करोड २४ लाख २२ हजार रुपैयाँ पुग्दा कुल पूँजी र दायित्व २ अर्ब १८ करोड २४ लाख २२ हजार रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको निष्क्रिय कर्जा १०.७८ प्रतिशत पुगेको छ । कम्पनीको चुक्ता पूँजी ८ करोड ९५ लाख ७ हजार रुपैयाँ रहेको छ भने जगेडा २३ करोड ४८ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार  १३ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।