कोरोना कहर: बुधबार एकैदिन २३५१ संक्रमित भेटिँदा उपत्यकामा हजार बढी

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८४४ पीसीआर परीक्षणबाट बुधबार २ हजार २२० जना र ८०३ जनाको एन्टिजेन परीक्षण गराउँदा १३१ जना गरी कुल २ हजार ३५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार ५१ संक्रमित फेला परेका छन् । संक्रमितमध्ये काठमाडौंमा काठमाडौंमा ७८६ जना, ललितपुरमा १८१ र भक्तपुरमा ८४ गरी १ हजार ५१ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।

पछिल्लो २४ घण्टामा २८७ जना डिस्चार्ज भएका छन् । बुधबार १८० जना आइसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचारत छन् भने १० हजार ५८२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ बैशाख २०७८, बुधबार  १७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।