काठमाडौँ । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबीचको पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरु भएको छ। सन् २०२६/२७ सिजनदेखि लागू भएको यस सहकार्यअन्तर्गत माइडिया एफसी बार्सिलोनाको मुख्य साझेदार तथा ‘आधिकारिक होम एप्लायन्स साझेदार’ बनेको हो ।
सन् २०३०/३१ सिजनसम्म कायम रहने उक्त साझेदारी १ जुलाई २०२६ देखि कार्यान्वयनमा आएको हो। यससँगै एफसी बार्सिलोनाको पुरुष पहिलो टोलीले खेलका दिन तथा प्रशिक्षणका क्रममा लगाउने जर्सीको बायाँ बाहुलामा माइडियाको लोगो समावेश गरिएको छ। एफसी बार्सिलोनाले सन् २०२६/२७ सिजनका लागि सार्वजनिक गरेको नयाँ घरेलु जर्सीमा माइडियाको लोगो पहिलोपटक देखिएको हो।
क्लबको परम्परागत नीलो र गाढा रातो पहिचानलाई आधुनिक स्वरूपमा प्रस्तुत गरिएको नयाँ जर्सीले बार्सिलोनाको इतिहास, ऊर्जा र भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गरेको छ।
यो साझेदारी जर्सीमा लोगो राख्ने प्रायोजनमा मात्र सीमित रहने छैन। आगामी पाँच सिजनसम्म माइडिया र एफसी बार्सिलोनाले संयुक्त सामग्री निर्माण, खेलदिवस सञ्चार, समर्थक सहभागिता तथा विभिन्न बजारअनुकूल गतिविधिमार्फत विश्वभरका उपभोक्ता र फुटबल समर्थकसँग जोडिने योजना बनाएका छन्। खेलकुदको उत्कृष्टता, प्रविधिमा नवप्रवर्तन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा जोड्नु यस सहकार्यको प्रमुख उद्देश्य रहेको माइडियाले जनाएको छ। दुवै संस्थाले आफ्नो क्षेत्रमा निरन्तर उत्कृष्टता, सिर्जनशीलता र दीर्घकालीन प्रभावलाई प्राथमिकता दिँदै आएका छन्।
एफसी बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्तेले स्मार्ट होम समाधान, अनुसन्धान र नवप्रवर्तनप्रति माइडियाको प्रतिबद्धता भविष्यतर्फ हेर्ने बार्सिलोनाको सोचसँग मेल खाने बताएका छन्। माइडिया इन्टरनेसनल बिजनेसका अध्यक्ष लुइस फुले पनि विश्वकै सफल तथा लोकप्रिय खेल संस्थामध्ये एक एफसी बार्सिलोनासँग दीर्घकालीन सहकार्य गर्न पाउनु उत्साहजनक भएको बताएका छन्।
माइडिया र एफसी बार्सिलोनाबीचको यो साझेदारीले नेपाली फुटबल समर्थकलाई समेत ब्रान्डसँग भावनात्मक रूपमा जोड्ने नयाँ अवसर सिर्जना गरेको छ। नेपालमा ठूलो संख्यामा रहेका बार्सिलोना समर्थकले अब आफ्नो मनपर्ने क्लबको खेल तथा प्रशिक्षण जर्सीमा माइडियाको उपस्थिति प्रत्यक्ष रूपमा देख्न सक्नेछन्। यस सहकार्यले माइडियाको विश्वव्यापी ब्रान्ड पहिचानलाई थप सुदृढ बनाउनुका साथै नेपाली उपभोक्तामाझ स्मार्ट, आधुनिक र सुविधाजनक जीवनशैलीसँग जोडिएको ब्रान्डका रूपमा माइडियाको उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
सन् १९६८ मा स्थापना भएको माइडिया विश्वव्यापी प्रविधि तथा होम एप्लायन्स कम्पनी हो। माइडियाले रेफ्रिजरेटर, वासिङ मेसिन, किचन एप्लायन्स, वाटर एप्लायन्स, भ्याकुम क्लिनर तथा अन्य स्मार्ट होम समाधानहरू उपलब्ध गराउँदै आएको छ। प्रविधिलाई प्रयोगकर्तामैत्री बनाउँदै दैनिक जीवनलाई सरल, आरामदायी र प्रभावकारी बनाउनु माइडियाको प्रमुख उद्देश्य हो।
नेपालमा सीजी इलेक्ट्रोनिक्सले माइडियाका उत्पादनहरूको बिक्री तथा वितरण गर्दै आएको छ। माइडियाका वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवाशर, चेस्ट फ्रिजर, शोकेस चिलर, किचन एप्लायन्स, चिम्नी, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, आइरन, एयर फ्रायर, टोस्टर तथा एयर प्युरिफायरलगायतका उत्पादनहरू नेपाली उपभोक्तामाझ लोकप्रिय छन्।










प्रतिक्रिया