दुर्गा प्रसाईं पक्राउ


काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले आइतबार राति पक्राउ गरेको हो । उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हो ।

उनी विभिन्न आरोपमा यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  ०७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।