काठमाडौँ । सडक डिभिजन कार्यालयले मुग्लिन–नारायणगढ सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
“पानी परिरहेको छ । पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ,” सडक डिभिजन कार्यालयले भनेको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी नयाँ पुलमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त सडकखण्डमा अहिले एकतर्फी मात्र सवारी सञ्चालनमा छन् ।
पहिरो झर्नेक्रम नरोकिएकाले पूरै पहिरो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याउन केही समय लाग्नेछ ।










प्रतिक्रिया