मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा


काठमाडौँ । पहिरोका कारण अवरूद्व रहेको मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

नेपाल प्रहरीका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि हाल उक्त सडकखण्डमा सवारी आवागमन पुनःसञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  १६ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।