सांग्रिला डेभलपमेन्ट बैंक र ट्रांक्यूलिटि स्पाबीच छुट सम्बन्धि सम्झौता


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटि स्पा बीच छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पाका विभिन्न सेवामा छुट पाउने छन् ।

सम्झौता अनुसार सांग्रिला बैंकका कर्मचारीेलाई व्यक्तिगत स्पामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत तथा यस बैंकमा खाता खोलेका ग्राहकका लागि व्यक्तिगत स्पामा २० प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

यस सम्बन्धि सम्झौतापत्रमा सांग्रिला बैंकका बरिष्ठ नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशी र ट्रांक्यूलिटिका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छन् । यो सम्झौता २०८३ साउनदेखि दुई बर्षका लागि लागू हुने छ ।
यस सम्झौताबाट सांग्रिला बैकका कर्मचारी तथा ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  १८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।