काठमाडौँ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्दै छन् ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले कार्यकारी अधिकृतहरुलाई छलफलमा बोलाएका हुन् ।
दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैकले क श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनेछन् ।










प्रतिक्रिया