काठमाडौँ । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा आफ्नो प्रमुख ‘एक्सपिरियन्स एआई : अफेक्सनेट इन्टेलिजेन्स’ प्रदर्शनीको शुभारम्भ गरेको छ । १४ असोजसम्म सञ्चालन हुने प्रदर्शनीमा एलजीका नवीनतम एआई पावर्ड टेलिभिजन, अडियो सिस्टम, वासिङ मेसिन तथा रेफ्रिजेरेटरलगायतका उत्पादनहरू रहेका छन्।
यस प्रदर्शनीले एलजीका नयाँ पुस्ताका घरायसी उपकरणहरूले प्रयोगकर्ताको बानी बुझ्ने, दैनिक आवश्यकताको पूर्वानुमान गर्ने तथा घरायसी कामलाई अझ सहज बनाउन सिकाउने छ, जसले परिवारलाई वास्तवमै महत्वपूर्ण कुरामा बढी समय दिन सहयोग पुर्याउने विश्वास लिइएको छ।
एलजीको अफेक्सनेट इन्टेलिजेन्स अवधारणामा आधारित २०२६ एआई होम इकोसिस्टमले परम्परागत अटोमेसनभन्दा अगाडि बढेर प्रयोगकर्ताको जीवनशैली र दैनिक बानी बुझ्दै त्यसअनुसार आफूलाई अनुकूल बनाउने कम्पनीको भनाइ छ।
व्यक्तिगत मनोरञ्जनदेखि स्मार्ट कपडा धुने सुविधा र खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्ने प्रविधिसम्म, एलजीका एआई सञ्चालित गृह उपकरणहरूले घरलाई अझ स्मार्ट, सहज र प्रभावकारी बनाउँदै दैनिक जीवनलाई सरल र सुविधाजनक बनाउने अनुभव प्रदान गर्छन्।
यस प्रदर्शनीको औपचारिक उद्घाटन एलजी इलेक्ट्रोनिक्स सिंगापुर, बंगलादेश ब्रान्चका सुङहो चुनले काठमाडौंको मिनभवनस्थित एलजी ब्रान्डसपमा गरेका थिए। उनले भने, ‘अफेक्सनेट इन्टेलिजेन्स अवधारणा मानिसहरूको आवश्यकता बुझ्ने र उनीहरूलाई अर्थपूर्ण रूपमा सहयोग गर्ने सोचमा आधारित छ। एआई होम इकोसिस्टममार्फत हामी दैनिक जीवनलाई सरल बनाउने, घरायसी जिम्मेवारी कम गर्ने तथा परिवारलाई वास्तवमै महत्वपूर्ण कुरामा बढी समय दिन सहयोग गर्ने कनेक्टेड एक्सपिरियन्स सिर्जना गरिरहेका छौँ।’
‘२०२६ एलजी लाइनअप’ मा एलजी एआई टीभी, एआई वासिङ मेसिन, अत्याधुनिक प्रविधिद्वारा सञ्चालित एआई रेफ्रिजेरेटर, एलजी थिनक्यूलगायत छन्।
एलजीका २०२६ एआई टेलिभिजन, अडियो सिस्टम, रेफ्रिजेरेटर तथा वासिङ मेसिनसहित सम्पूर्ण नयाँ उत्पादनहरू फ्ल्यागसिप एलजी ब्रान्ड स्टोर तथा नेपालभरका प्रमुख रिटेल आउटलेटहरू मा प्रदर्शन तथा खरिदका लागि उपलब्ध छन् ।










प्रतिक्रिया