नबिल बैंकले इम्पेरमेन्ट चार्ज घटाएर बढायो नाफा


काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म अनुसार नबिल बैंक लिमिटेडले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँबाट ३३.५० प्रतिशतले बढेको हो ।
कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) अघिल्लो आर्थिक वर्षको ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ ।

जसले खुद नाफा उकास्न मुख्य योगदान पु¥याएको छ । त्यस्तै, सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँबाट २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ रुपैयाँ पुगेको छ। प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा कायम भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ग्राहकहरूबाट सङ्कलित निक्षेप १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति ६ खर्ब ३६ अर्ब ७८ करोडबाट १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।