दुईदिन पछि नेप्सेमा सामान्य सुधार, १२२ कम्पनीको सेयरमूल्यमा वृद्धि


काठमाडौँ । दुईदिन पछि नेप्सेमा समान्य सुधार आएको छ । सोमबार र मंगलबार घटेको नेप्से आज (बुधबार) ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा कायम भएको छ ।

आज १२२ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् ।

बुधबार १ करोड ६७ हजार ७३२ कित्ता सेयरहरु ६१ हजार २८६ पटकमा ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँमा किनबेच भएका छन् । मंगलबार ४ अर्ब ७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार सोलु हाइड्रोपावरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, शिखर पावर ५.९१ प्रतिशतले र रिडी पावर ५.७९ प्रतिशतले बढेको छ । यता, एभरेष्ट कलरको सेयर मूल्य ९.०३ प्रतिशतले घटेको छ । त्यस्तै, मञ्जुश्री फाइन्यान्स ६.०२ प्रतिशतले र कामना सेवा बैंक डेभेन्चर ५.९७ प्रतिशतले घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । हाइड्रोपावरको आज ५८ करोड १० लाख ८० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ३४ करोड ८४ लाख ९० हजार रुपैयाँको सेयर कारोबार हुँदा खानीखोला हाइड्रोपावर २७ करोड ७७ लाख ४१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।