सानीमा इक्वीटी फण्डले घोषणा गर्यो गत आर्थिक वर्षको प्रतिफल

0
Shares

सानीमा इक्वीटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

मंगलबार बसकेको फण्ड सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/०७६ को लागि कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको सानीमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष कुमार जोशीले जानकारी दिए ।

सानीमा बैंकको प्रवद्र्धनमा सञ्चालित सानीमा इक्वीटी फण्ड सानीमा क्यापिटलले सञ्चालन गरिरहेको सामूहिक लगानी कोष हो ।