शेयर बजारमा १६ अंकको सुधार, आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट

0
Shares

यो साताको अन्तिम दिनको शेयर बजार परिसूचक नेप्से १५.८० अंकले बढेर २६४८ बिन्दुमा उक्लिएको छ। होटल्स र म्युचूअल फण्ड समूह बाहेकका सबै समूहमा सुधार आएको बजारमा आधा दर्जन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

यसदिन बिशाल बजार कम्पनी, सिन्धु विकास बैंक, ज्योति लाइफ, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै हिमालयन ऊर्जा विकास, पञ्चकन्या माइ हाइड्रो, मञ्जुश्री फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र चन्द्रागिरी हिल्स लगायतको शेयरमूल्य उच्चदरले घटेको छ ।

२१४ कम्पनीको एक करोड ३० लाख कित्ता शेयर ५ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएका छन्। नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सबैभन्दा धेरै ६२ करोड रुपैयाँको बराबरको शेयर किनबेच भएको छ ।

Top Gainers

Symbol LTP % Change
 
SINDU 286.00 10
BBC 3,168.00 10
MLBSL 1,942.00 9.96603
GRDBL 232.00 9.95261
JLI 908.00 9.92736
NCCB 346.00 9.84127
SAPDBL 203.00 6.84211
IGI 1,193.00 5.57522
NRN 588.00 5.37634
MLBL 299.00 5.28169
HIDCL 482.00 4.55531

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७८, बिहिबार  १५ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।