काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । आज एकैदिन सुन तोलामा ८ हजार रुपैयाँले र चाँदी ९५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार रूपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ४ हजार ५७० रूपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रूपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २६०.२४ अमेरिकी डलर र चाँदी ६२.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया