कुमारी क्यापिटलका तीन बन्दमुखी योजनाहरुको लाभांश घोषणा


काठमाडौँ । कुमारी क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका तीन बन्दमुखी योजनाहरुका इकाईधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ।

साउन २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाका इकाइधनीहरुले लाभांश वितरण गर्ने निर्णय भएको हो ।

क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले र कुमारी सबल योजनाका इकाईधनीहरुलाई २.९० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।