सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ७७ करोडमा सीमित


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा कायम भएको छ ।

आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् ।

शुक्रबार १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयरहरु ४६ हजार ९१२ पटकमा ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार रुपैयाँमा किनबेच भएका छन् । बिहीबार ४ अर्ब ६२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

शुक्रबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य करिब ८.५५४ प्रतिशतले बढेको छ । त्यस्तै, एचएलआई लार्ज क्याप ५.१८ प्रतिशतले र एनआइसी एसिया ब्यालेन्स फण्ड ५.१६ प्रतिशतले बढेको छ । यता, अपर लोहोरे खोला हाइड्रोको सेयर मूल्य ६.९३ प्रतिशतले घटेको छ । त्यस्तै, बिओके डेभेन्चर २.९९ प्रतिशतले र प्राइम डेभेन्चर २.९९ प्रतिशतले घटेको छ ।

शुक्रबार कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । हाइड्रोपावरको आज ३९ करोड २५ लाख ५४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको २३ करोड २ लाख २ हजार रुपैयाँको सेयर कारोबार हुँदा सानिमा बैंकको १७ करोड ८ लाख ८१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।