विद्युत् आपूर्ति नियमित बनाउन सरकारको ध्यानाकर्षण


काठमाडौँ । सांसदहरूले खाना पकाउने ग्यासको अभाव अन्त्य गर्न, विद्युत् नियमित आपूर्ति नियमित बनाउन र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद वासना थापाले ओझेलमा परेका दैलेखको पञ्चदेवल, पञ्चकोशीलगायत तीर्थस्थल र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद बिना गुरुङले कास्की जिल्ला कारागारमा रहेका अभिभावकसँग आश्रित बालबालिकालाई उचित शिक्षादीक्षाको प्रबन्ध दिलाउन सरकारसँग माग गरिन् ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  १६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।