४ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन


भद्रपुर । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा ४ अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयको ६ अर्ब ६ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१.३१ प्रतिशत राजस्व सङ्कलन भएको छ । 

उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर २ अर्ब ४१ करोड ६१ लाख ७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) १ अर्ब ६६ करोड २९ लाख ९५ हजार रुपैयाँ र अन्तःशुल्क ६७ करोड ८९ लाख ५ हजार  सङ्कलन भएको छ ।

यसैगरी, भाडा आयकर ५ करोड ६६ लाख ७८ हजार रुपैयाँ , ब्याज कर ९ करोड ३६ लाख ८० हजार रुपैयाँ तथा अन्य शीर्षकमा २ करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो । 

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार  ०९ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।