काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबाार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । आज सुन तोलामा ४ हजार ८०० रुपैयाँले बढेसँगै ३ लाख नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदी तोलामा ६५ रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ६४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३४२.२३ अमेरिकी डलर र चाँदी ६३.५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया