काठमाडौँ । अनर नेपालले नेपाली बजारमा आफ्ना नयाँ बजेट स्मार्टफोनहरू अनर एक्स५डी सिरिज र अनर एक्स६डी आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
बजेट सेग्मेन्टमा पहिलोपटक शून्य प्रतिशत ईएमआई सुविधा उपलब्ध गराउँदै कम्पनीले नयाँ प्रविधिलाई अझ सहज र सबैको पहुँचयोग्य बनाएको छ।
आकर्षक डिजाइन, उत्कृष्ट कार्यसम्पादन र लचिलो भुक्तानी विकल्पसहित आएका यी फोनहरू कम बजेटमा राम्रो स्मार्टफोन खोज्नेहरूका लागि उत्कृष्ट रोजाइ बनेका छन्।
दैनिक प्रयोगलाई ध्यानमा राखेर ल्याइएको अनर एक्स५डी सिरिजमा ५ हजार २६० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ। जसले दिनभरिको प्रयोगका लागि पर्याप्त पावर प्रदान गर्छ। यसमा १५ वाट फास्ट चार्जिङ सपोर्ट छ र बक्समै १५ वाटको चार्जर पनि उपलब्ध गराइएको छ। फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ, जसले निकै स्पष्ट र जीवन्त तस्बिरहरू खिच्न मद्दत गर्छ।
यो सिरिज दुई भेरियन्टमा उपलब्ध छ, जसमा अनर एक्स५डी (४ जिबी +६४ जिबी) को मूल्य २५ हजार ४९९ रुपैयाँ र अनर एक्स५डी प्लस (४ जिबी +१२८ जिबी) को मूल्य २८ हजार ९९९ रुपैयाँ तोकिएको छ।
बढी भण्डारण क्षमता र प्रभावकारी कार्यसम्पादन चाहने प्रयोगकर्ताका लागि अनर एक्स६डी ल्याइएको छ। २५६ जिबी सम्मको ठूलो स्टोरेज क्षमता रहेको यो फोनमा ५ हजार २६० एमएएच ब्याट्री, १५ वाट चार्जिङ सुविधा, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, मिडियाटेक डाइमेन्सिटी ६ हजार ३०० प्रोसेसर, ६.७५ इन्चको टिएफटी एलसीडी डिस्प्ले र ७.९ मिमीको स्लिम डिजाइन रहेको छ। अनर एक्स६डी फाइभजी (४ जिबी +१२८ जिबी) भेरियन्टको मूल्य २९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।
यसपटकको सार्वजनिककरणको मुख्य आकर्षण भनेको बजेट फोनमा उपलब्ध गराइएको शून्य प्रतिशत ईएमआई सुविधा नै हो। अब ग्राहकहरूले कुनै पनि अतिरिक्त ब्याज नतिरी सहज मासिक किस्तामा यी स्मार्टफोनहरू खरिद गर्न सक्नेछन्। अनर नेपालले आफ्ना उपभोक्ताहरूलाई स्मार्ट, भरपर्दो र आधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताअनुरूप यी फोनहरू बजारमा ल्याएको हो। यी नयाँ स्मार्टफोनहरू नेपालभरका सबै आधिकारिक अनर रिटेल स्टोरहरूमा बिक्रीका लागि उपलब्ध भइसकेका छन् ।











प्रतिक्रिया