नाइमा मोबिलिटी एक्स्पो आजदेखि


काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को तयारी पुरा भएको छ। मंगलबारदेखि यहि साउन ३१ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ तयारी पुरा भएको हो ।

पहिलो संस्करणको नेपाल मोबिलिटी एक्पोमा ४७ स्टल रहेकोमा यसवर्षको एक्स्पोमा ५२ वटा स्टल बनाइएको आयोजकले जनाएको छ । देस्रो संस्करणको एक्स्पो वृहत, थप व्यवस्थित, सहज र भव्य हुने विश्वास आयोजकको छ । यस पटकको एक्स्पोमा अवलोनकर्ताले १ सयदेखि २ सय रुपैयाँ शुल्क तिरेर प्रवेश गर्न पाउँने बताइएको छ ।

यस वर्षको एक्स्पोलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको एक महत्वपूर्ण र ऐतिहासिक बनाउने नाइमाले जनाएको छ । यस प्रदर्शनीमा ए, बी, सी सेग्मेन्टदेखि प्रिमियम कारहरूसम्म उपलब्ध रहेको आयोजकले बताएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने बताइएको छ । एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल), इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादनहरू समेटिने र गत वर्षभन्दा यस वर्षको अटो एक्स्पो थप भव्य हुने नाइमाले जनाएको छ ।

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा चारपांग्रे सवारी साधनमा हुण्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाइडी, ओमोडा एण्ड जेको, एमजी–जीओ अटोमोबाइल, एमजी– पारामाउन्ट मोटर्स सहभागी हुँदैछन् ।

यस्तै, सिट्रोन, आइकार, हेन्सरी भोल्ट्स, फोर्थिङ, डेन्जा, काइ, होन्री बोमा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, एमजी, जिकर, लिपमोटर, वुलिङ, जीकर पनि यो एक्स्पोमा सहभागी हुने भएका छन् ।

यता, दुईपांग्रे सवारी साधनमा बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्युजो र बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, गारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटोरसीएक्स मोटरसाइकलले सहभागीता जनाउने छन् । कमर्सियल भेहिकलहरुमा चेरी वान्डा, केरी, केयटन र स्काईवर्थ सहभागी हुने छन्।

२०२५ को अटो प्रदर्शनीमा भने चारपांग्रेतर्फ बीवाइडी, सिट्रोन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्टास, हुण्डाई, केई, किया, लिपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जिकर सहभागी भएको थिए भने दुईपांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होण्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो सहभागी भएका थिए ।

गत वर्षको एक्स्पोमा सहभागी भएका माज्दा, मित्सुविशी, रेनो, फक्सवागन, टेस्ला, सेरेस, स्काइवेल, एलईभी–१, जेवाइ एयर, एलएस अटो, ब्लुवेल, जिनपेङ, आयोन यो वर्षको एक्स्पोमा सहभागी हुने छैनन् ।

दुईपांग्रेतर्फ गत वर्ष समावेश भएका बेनेली, गोगोरो, रेभोल्ट, सेगवे–नाइनबोट, यज्दी, जीहो यो वर्ष सहभागी हुने छैनन् ।
आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल निर्माता कम्पनी डोङफेङका विद्युतीय बस पनि नाइमा अटो एक्स्पोमा सार्वजनिक हुने भएको छ ।

हिमालयन अर्गनाइजेशनअन्तर्गत रहेको कम्पनीले भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने नाइमा अटो एक्स्पोमा डोङफेङका दुई बस मोडल सार्वजनिक गर्ने जनाएको हो ।

एक्सपोको टिकट बिक्रीको आम्दानीको १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिम पहलका लागि छुट्याइने नाइमा अध्यक्ष रितु सिंह वैधले जानकारी दिइन् ।

यसअन्तर्गत दैनिक दिउँसो २ देखि ५ बजेसम्म वैदेशिक लगानी, रिसाइक्लिङ, इथानोल ब्लेन्डिङ, बीमा, युवा उद्यमशीलता र ट्राफिक व्यवस्थापनका विषयमा छलफल हुन उनले बताइन् ।

यस्तै, हरेक दिन बिहान ११ बजे ब्लु पेभिलियन हलमा ‘दुर्घटनापछिको व्यवस्थापन’ सम्बन्धी विशेष तालिम आयोजना गरिने छ ।

कुन ब्रान्डका कुन(कुन साधन हुन्छन् सहभागी ?

सबैभन्दा बढी प्यारामाउन्ट मोटर्सले वुलिङ ब्रान्डका पाँच वटा चारपांग्रे विद्युतीय सवारी सार्वजनिक गर्दै छ । तिनमा एक्सिएन, मिनी, डेरिएन, बिंगो र लिंकिस ईभी छन् ।

चारपांग्रेतर्फ कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया ब्रान्डका ३, ईभी राइड प्रालिले होर्नी बोमा ब्रान्डको एउटा, हिमालय म्याक्सले म्याक्सस ब्रान्डका ३ वटा सवारी सार्वजनिक गर्ने भएका छन् । यस्तै लक्ष्मी कमर्सियलले केरी कमर्सियल ब्रान्डका २, लक्ष्मी ई–मोबिलिटीले काइयी ब्रान्डको एउटा, लक्ष्मी मोटरहबले आर्कफक्स र बाइक ब्रान्डको एक–एक वटा सवारी सार्वजनिक गर्ने तयारी छ ।

एक्सपोमा नयाँ सार्वजनिक हुने गरी सूचीकृत हुने सवारी कम्पनी र ब्रान्डमा एसक्यू इन्टरप्राइजेजको हेनरी भोल्ट्स ब्रान्डका ३ र सांग्रिला मोटर्सको लिपमोटर्स ब्रान्डको एउटा सवारी सार्वजनिक गरिँदै छ ।

युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा ब्रान्डका २ र भीजी इम्पेक्स जीडब्लूएम (ग्रेट वाल मोटर्स) ब्रान्डका २ वटा साधन लन्च गर्दै छ ।

एसपीजी अटोमोबाइल्सले ओमोडा र आइकारका एक–एक वटा नयाँ ब्रान्ड एक्सपोमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । पायोनियर मोटोकर्पले निसान ब्रान्ड र जीओ अटोमोबाइल्सले एमजी ब्रान्डका एक–एक वटा नयाँ सवारी सार्वजनिक गर्दै छन् । दुईपांग्रेतर्फ पनि एक्सपोमा नयाँ ब्रान्ड सार्वजनिक गर्ने कम्पनीको संख्या बढ्दै गएको छ । एक्सपोमा बाइकर्स नेपालले जेडएक्समोटो/सिएक्स ब्रान्डका मोटरसाइकल ३ वटा नयाँ लन्च गर्दै छ ।

इको इन्फिनिटीले निउ ब्रान्डका ३, इभोक नेपालले केरेन इलक्ट्रिक स्कुटर्स २ वटा सार्वजनिक गर्दै छ । हंसराज हुलासचन्द्र एन्ड कम्पनीले बजाजका २, जगदम्बा मोटर्सले टीभीएसका २ र कुजु नेपालले याडिया ब्रान्डका ३ साधन नयाँ लन्च गर्ने तयारी छ । परिमिता इन्भेस्टमेन्टले ग्यारो ब्रान्डको एउटा, त्रायना मोबिलिटिले अल्ट्राभायोलेट ब्रान्डको एक र युनाइटेड ट्रेडर्स सिन्डिकेटको मोर्बिडेली ब्रान्डको १ वटा सवारी एक्स्पोमा सहभागी गराउँदैछ ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।