नाइमा नेपाल मोबिलिटी एक्स्पो आजदेखि सुरु, ५५ भन्दा बढी ब्रान्डको सहभागिता


काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म चल्नेछ । एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डको सहभागिता रहेको छ ।

एक्स्पोको उद्घाटन आज बिहान ९ बजे नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा भएको हो । उद्घाटन समारोहमा नेपाल सरकारका विशिष्ट पदाधिकारी, विभिन्न कूटनीतिक नियोगका अधिकारी, प्रतिष्ठित संघसंस्थाका प्रतिनिधि, नाइमाका पदाधिकारी तथा सदस्य संस्था, प्रदर्शनी साझेदार र अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

एक्स्पोमा विभिन्न नयाँ सवारीसाधन, प्रविधि, विद्युतीय सवारीसाधन तथा मोबिलिटीसँग सम्बन्धित उत्पादन र सेवाहरू प्रदर्शनमा राखिएका छन् । यससँगै एक्स्पो अवधिभर सिकाइ सत्र, नीति संवाद र उद्योग क्षेत्रसँगको अन्तरक्रियालगायतका कार्यक्रम पनि सञ्चालन हुनेछन् ।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था देखाउनुका साथै आगामी दिशाबारे छलफल गर्ने महत्वपूर्ण मञ्चको काम गर्ने बताइन् ।

‘एक्स्पोको सम्पूर्ण तयारी पूरा गरेर आजदेखि सुरु गरेका छौँ,’ उनले भनिन्, ‘यसपटक प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका नयाँ विकासलाई नेपाली उपभोक्तासमक्ष ल्याएका छौँ । उद्योग क्षेत्रको उत्साहपूर्ण सहभागिताले एक्स्पोप्रतिको विश्वास अझ बलियो बनाएको छ ।’

एक्स्पोको अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले नाइमा बोर्ड तथा विभिन्न समितिको नेतृत्व र मार्गदर्शनमा सचिवालयले सदस्य कम्पनी, प्रदर्शक, साझेदार, सरकारी निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गरेर एक्स्पोको तयारी पूरा गरेको बताए ।

उनका अनुसार यसपटक प्रदर्शनीसँगै सिकाइ, तालिम र जनचेतनामूलक कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र अन्य सरोकारवालाबीच ज्ञान तथा सीप आदानप्रदान गराउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पो प्रदर्शनीसँगै सिकाइ र जनचेतनाको केन्द्रका रूपमा रहने बताए । उनले एक्स्पो अवधिभर सञ्चालन हुने विभिन्न सिकाइ सत्र, नीति संवाद तथा उद्योग क्षेत्रसँगको अन्तरक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे ।

पहिलो दिन दिउँसो १ बजेदेखि खुला

आज उद्घाटन समारोह सम्पन्न भएपछि एक्स्पो दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म खुला रहनेछ । त्यसपछि साउन ३१ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणले एक्स्पो अवलोकन गर्न सक्नेछन् ।

एक्स्पोको सह–प्रायोजकमा ग्लोबल आइएमई बैंक रहेको छ भने रेडबुल पावर्ड बाईका रूपमा रहेको छ । बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक तथा इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

प्रविधि पार्टनरमा बोस, शिक्षा पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स, राइड पार्टनरमा पठाओ नेपाल, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड), हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं र मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल रहेका छन् ।

त्यस्तै, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स (हिकभिजन) र फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को रहेका छन् ।

एक्स्पोको सह–टिकटिङ पार्टनरमा आइएमई खल्ती, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया रहेका छन् ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।